उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसको शुभकामना « Khabarhub

उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसको शुभकामना


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘आजको दिनले हामीलाई संविधानमा निहित सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यलाई अक्षुण्ण राख्दै गरिबी, अशिक्षा, बेरोजगारी एवं विभेद अन्त्य गर्ने दिशामा एकजुट भएर अघि बढ्न प्रेरित गर्दछ । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवारपूर्ण व्यवहारलाई आत्मसात् गर्न आवश्यक छ ।’

प्रजातन्त्र दिवसले नागरिक अधिकारको रक्षा, समान अवसरको सुनिश्चितता, सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सम्बद्ध सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा उपराष्ट्रपतिले जोड र्दिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ९ : ३० बजे

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र