‘युवाको आक्रोशलाई सम्मान गरौँ’ « Khabarhub

‘युवाको आक्रोशलाई सम्मान गरौँ’

'प्रजातन्त्रको औचित्य अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा देखिनुपर्छ’


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी छन् । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले प्रजातन्त्रको वास्तविक औचित्य इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा देखिनुपर्नेमा जोड दिनुभयो।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले गत भदौ २३ र २४ गते भएको युवाको आन्दोलन सम्झदै भनिन्, ‘त्यो आन्दोलन भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य खोज्ने एउटा ऐना थियो। सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, सुधारको अवसरका रूपमा ग्रहण गर्छ।’ उनले युवाको ऊर्जा र ‘नैतिक क्रोध’लाई तिरस्कार गरेर कुनै पनि राष्ट्र शान्त रहन नसक्ने धारणा व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन। ‘यो निर्वाचन आवधिक मात्र होइन, मुलुकलाई नयाँ राजनीतिक लयमा फर्काउने ऐतिहासिक मोड हो’, उनले भनिन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ११ : ०३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा