रास्वपा बागमती प्रदेश उपसभापतिले दिए राजीनामा : पार्टी नेतृत्वप्रति सात असन्तुष्टि « Khabarhub

रास्वपा बागमती प्रदेश उपसभापतिले दिए राजीनामा : पार्टी नेतृत्वप्रति सात असन्तुष्टि


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले राजीनामा दिएका छन् ।

बागमती प्रदेशका उपसभापति एवम् २०७९ को निर्वाचनमा काभ्रेबाट प्रत्यक्ष उम्मेदवार बनेका हुमागाईले पार्टी महामन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्रमा उनले पार्टीप्रति चर्को असन्तुष्टि जनाएका छन्। उम्मेदवार छनोटमा चलखेल, केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लघंन र आन्तरिक लोकतन्त्रको समाप्ति, प्रदेशको अन्तिम तहको आवाजको वेवास्ता, नेतृत्वमाथि नैतिक प्रश्न, पार्टीको संरचनागत विकृति र निजी स्वार्थलगायत उनले राजीनामा दिनुका सात आधार उल्लेख गरेका छन् ।

राजीनामाको अन्तिममा उनले लेखेका छन्, ‘आफैंभित्रको विकृति सच्याउन नसक्ने, आन्तरिक लोकतन्त्रको सम्मान नगर्ने, पारदर्शिता कायम नगर्ने र नैतिक बल गुमाइसकेको संगठनले राष्ट्र निर्माणको दाबी गर्नु केवल नारामात्र हुनसक्छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ११ : ३६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि