प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्व राष्ट्रपति भण्डारी « Khabarhub

प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्व राष्ट्रपति भण्डारी


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले आज निरंकुश शासनविरुद्धको सङ्घर्षले विजय हासिल गरेको ऐतिहासिक दिन रहेको बताइन् । 

सन्देशमा पूर्व राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसले लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र बलिदानको स्मरण गराउने बताइन् ।

‘यो दिवसले जनताको एकताबद्ध शक्तिले लोकतन्त्र, मानवअधिकार र राजनीतिक स्वतन्त्रता स्थापना गर्न सकिने प्रेरणादायी सन्देश दिन्छ,’ उनले भनिन्, ‘लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभई व्यवहार र संस्कारको रूपमा आत्मसात् गर्दै यसको संरक्षण र सुदृढीकरणका लागि निरन्तर प्रयासरत रहनु आवश्यक छ ।’

सन्देशमा पूर्व राष्ट्रपति भण्डारीले संविधानले प्रत्याभूत गरेका अधिकार र दायित्वको सन्तुलित प्रयोगमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउँदै लैजानु अपरिहार्य रहेको उल्लेख गरिन् । 

उनले विशेष राजनीतिक परिस्थितिमा, यही फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउनु सबैको साझा दायित्व रहेको बताइन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १२ : १४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम