चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु « Khabarhub

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण विस्फोटले १२ जनाको ज्यान लिएको छ । पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने सामान्य पसलमा विस्फोट भएको थियो । 

राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै गहन खोजी तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । मृतकमध्ये सात जना वयस्क र पाँच जना नाबालिग रहेको बताइएको छ ।

सबै पीडितको पहिचान प्रमाणित भइसकेको जनाइएको छ । रिपोर्टअनुसार पसलका मालिक ‘मिस्टर लिन’ भनेर चिनिने एक व्यक्तिबाहेक बाँकी ११ जना आतसबाजी खरिद गर्न आएका ग्राहक थिए । मृत्यु हुने ग्राहकहरूमध्ये तीन जना करिब ७८० किलोमिटर टाढा रहेको चेङ्दुबाट आफ्ना आफन्तलाई भेट्न आएका थिए ।

चन्द्र नयाँ वर्षका अवसरमा विशेष गरी ग्रामीण क्षेत्रमा आतसबाजी र पटाखा फोड्ने परम्परा अत्यन्त लोकप्रिय छ । यद्यपि सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षहरूमा धेरै प्रमुख चिनियाँ सहरहरूले यसको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक रूपमा जारी छ ।

विस्फोटको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बिदाको समयमा यस्ता घातक घटना दोहोरिने क्रम चिन्ताजनक रूपमा देखिँदै आएको छ । गत आइतबार मात्र पूर्वी जियाङ्सु प्रान्तको एक आतसबाजी पसलमा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १२ : ४२ बजे

प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत प्राविधिक तथा

एमालेको महत्वाकांक्षी योजना : आधा दशकमा १०० खर्ब, एक दशकमा २०० खर्बको अर्थतन्त्र

काठमाडौं- नेकपा एमालेले फागुन २१ को निर्वाचनका लागि घोषणा पत्र

विराटनगर–१२ लाई डुवानमुक्त बनाउने ​​​​​​​शेखरको प्रतिबद्धता 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं–६ का

महिला उद्यमीलाई २० लाख निर्ब्याजी ऋण, सुत्केरीलाई २० हजार भत्ता र ५ लाखको निःशुल्क जीवन बीमा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत महिला सशक्तीकरण,

भदौ २३-२४ का घटनाबारे एमाले घोषणापत्रमा ओलीका प्रश्नैप्रश्न

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र