रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति « Khabarhub

रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धनगढीमा आयोजित चुनावी सभामा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले निर्माण व्यवसायी लक्षित गरेको भनाइप्रति निर्माण व्यवसायीले आपत्ति जनाएका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले खबरहबसँग कुरा गर्दै बालेनको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवारपूर्ण रहेको बताएका हुन् ।

बुधबार रास्वपाको चुनावी सभामा झण्डै ४ मिनेट बोलेका बालेनले निर्माण व्यवसायी लक्षित अभिव्यक्ति दिँदै २ वर्षमा बन्ने बाटो बन्न २० वर्ष लागेको बताएका थिए । उनले अब ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ’ बाटो बन्नुपर्‍यो भन्ने अभिव्यक्ति दिएका थिए ।

‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्यो त्यो हो हाम्रो एजेन्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो’, बालेनले भनेका थिए ।

अध्यक्ष सिंहले बालेनको सो भनाइ असभ्य रहेको उनले उत्तेजित पार्ने हिसाबले बोलेको बताए । 

‘त्यो एकदम असभ्य भाषा हो, उहाँहरूले निर्माणको क्षेत्रमा भइरहेको ढिलासुस्ती र काम नभएको कारणहरू पहिचान गरेर त्यसको समाधान खोज्न पर्ने हो’, उनले भने, ‘तर, उहाँले मान्छेलाई अलिकति उत्तेजित गर्ने हिसाबले बोल्नुभयो ।’

साथै, सिंहले बालेनले प्रयोग गरेको भाषाको आधारमा उनीहरूमा मुलुकलाई अगाडि बढाउने धरातलीय जग छैन भन्ने देखिएको भन्दै टिप्पणी गरेका छन् ।

उनले जुन शब्दहरूको प्रयोग गर्नुभयो यसबाट उहाँमा परिपक्वता छैन भन्ने कुरा देखिन्छ, जसरी हिजो कुलमानले लहडको लागि ठेक्काहरू तोड्यो, त्यस्तै, बालेनले पनि यो लहडको लागि त्यस्तो भाषा प्रयोग गर्नुभयो, यो निन्दनीय छ’, उनले भने, ‘यसले उहाँहरूमा मुलुकलाई अगाडि बढाउने धरातलीय जग छैन, भन्ने कुरा देखिन्छ ।’

नेपालको निर्माण क्षेत्रको काम सहज रूपमा अगाडि बढ्न नसक्नुमा राज्यको ऐन, कानुन, सार्वजनिक खरिद नियमावली लगायतका कुराहरू रहेको भन्दै सहजिकरणको लागि समयसापेक्ष बनाउनुपर्ने निर्माण व्यवसायीले बताउँदै आएका छन् ।

तर, बालेनले बुधबार निर्माणको काम ढिलो हुनुमा मुलुकको कानुनी र संरचनात्मक क्षेत्रमा भएको समस्याबारे केही बोलेनन् उनले काम छिटो गराउनको लागि रुखमा बाँध्ने, खोरमा थुन्ने र बाटोमा सुताउने जस्ता कानुनी राज्यले अहिलेसम्म अवलम्बन नगरेको उपाय अपनाउने बताए ।

नेपालमा मात्रै नभएर विश्वका कुनैपनि देशमा निर्माणका काम छिटो गर्नको लागि रास्वपाका नेता बालेनले भनेको उपाय अपनाउने गरिएको पाइँदैन ।

झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु – बालेनले सुदूरपश्चिममा जे भने

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १२ : ४६ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम