‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ को तयारी पूरा « Khabarhub

‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ को तयारी पूरा


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा भएको जनाएको छ । 

देशका विभिन्न ६ वटा प्रदेशमा सम्पन्न भएको प्रादेशिक ललितकला प्रदर्शनीअन्तर्गत यो अन्तिम प्रादेशिक ललितकला प्रदर्शनी हो ।

यही फागुन ८ गतेदेखि प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु हुने प्रदर्शनीमा यसपटक २०० बढी कलाकारका २३० भन्दा बढी कलाकृति समावेश गरिने कार्यक्रम संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए ।

यो प्रदर्शनीलाई ललितकलाकै महोत्सव मानिन्छ । यसअघि माघ १५ गते गण्डकी प्रदेशबाट प्रादेशिक कला प्रदर्शनीको थालनी भएको थियो । झण्डै एक महिनासम्म सञ्चालन हुने प्रादेशिक कला प्रदर्शनीअन्तर्गत भोलिदेखि सुरु हुने बागमती प्रादेशिक ललितकला प्रदर्शनी भने यही फागुन १२ गतेसम्म सञ्चालन हुने संयोजक लामाले जानकारी दिए  । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले स्थानीय निकाय तथा संस्थासँगको सहकार्यमा विगत तीन वर्षदेखि सङ्घीय संरचना अनुसार नै कला प्रदर्शनी सुरुवात गरेको थियो । प्रदेशगतरुपमा हुने प्रदर्शनीले रैथाने तथा लोककला प्रवद्र्धनमा सहयोग पुगेको र राउटे, डोम, थारु समुदायका कला पनि बाहिर आएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।

प्रतिष्ठानले सङ्घीय संरचना अनुसार सातै प्रदेशमा कला प्रदर्शनीको थालनी गरेको यो तेस्रो पटक हो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले कलामा रुपान्तरण अभियानअन्तर्गत प्रदेशहरुमा कला प्रदर्शनी आयोजना गरिएको र त्यहाँबाट छानिएका कला आगामी जेठ १५ गतेदेखि सुरु हुने राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराइने बताए  ।

‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना हुने प्रदर्शनीमा कलाको सजावटका सबै काम पूरा भएको र अब उद्घाटन सत्रका काम मात्रै बाँकी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले बागमती प्रदेशका सबै विधाका कलाकृति अवलोकन गर्न पाइने बताए ।

 वैदेशिक ललितकला प्रदर्शनी अन्तिम चरणमा पुगेकाले आगामी जेठ १५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ को तयारी सुरु भएको र सोही कार्यक्रममा  कलाकारलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिने जनाइएको छ । रासस

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : २६ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम