दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट : छ जनाको मृत्यु, १२ घाइते « Khabarhub

दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट : छ जनाको मृत्यु, १२ घाइते


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीको आवासीय भवनमा बिहीबार ग्यास चुहावटले गर्दा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । 

भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षतिग्रस्त हुँदा दुर्घटना भएको सरकारी उद्धार कार्यलयले एक विज्ञप्ति मार्फत जनाएको छ ।

विस्फोटको सूचना पाए पछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर  पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ । 

बालबालीकासहित घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउदै उद्धार टोलीहरूले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १ : ३२ बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली