भदौको विध्वंस योजनाबद्ध षड्यन्त्र थियो, जसले संसद् विघटन गरायो : ओली « Khabarhub

भदौको विध्वंस योजनाबद्ध षड्यन्त्र थियो, जसले संसद् विघटन गरायो : ओली


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुख्य रूपमा राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता, भदौ २३–२४ को जेन-जी आन्दोलनपछि आएको अस्थिरता र एमालेको विकास तथा सुशासनको एजेन्डालाई जोड दिँदै घोषणा पत्र ल्याएका हुन् ।

ओलीले घोषणा पत्र सार्वजनिक कार्यक्रममा भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनलाई योजनावद्ध भनेका छन्।

‘जेन-जी प्रदर्शनकारीका माग थिएनन्, तर प्रणालीमाथि धावा बोल्ने गरी संसद् विघटन गरियो’, उनले भने ।

यो घटनालाई देशको स्वाधीनता र सार्वभौममाथिको आक्रमणको रूपमा चित्रण गर्दै उनले यसको जवाफ खोज्नुपर्ने बताए।

उनले देश अहिले आवेश र विवेकबीचमा रहेको बताए । यस्तोमा एमालेले निर्माण र शान्तिको पक्ष लिने पनि उनले बताए ।

ओलीले देशलाई फेरि द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको आरोप लगाए। ‘हामी उत्तेजना होइन, निर्माणको पक्षमा छौं। देश पहिला, स्वाधीनता र सुव्यवस्थाको रक्षक हौं,’ उनले भने। ओलीले एमालेलाई भत्काउने होइन, बनाउने पार्टीको रूपमा प्रस्तुत गरे।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ३९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)