एमालेको घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने « Khabarhub

एमालेको घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व वृद्धि गर्दै उनीहरूको पारिश्रमिक वृद्धि गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । श्रमिकको जीवनस्तर सुधार, श्रमको सम्मान र आर्थिक सुरक्षा सुनिश्चित गर्न न्यूनतम पारिश्रमिक वृद्धि गर्ने लक्ष्य पार्टीले राखेको छ।

त्यसैगरी, नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी तथा ज्यालादारीमा रहेका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिने पनि एमालेले जनाएको छ । यसबाट श्रमिकले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, पेन्सनलगायत सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

एमालेले श्रम क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै श्रमिकमैत्री नीति कार्यान्वयन गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ४१ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको