सबै विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड, कक्षा १० सम्म दिवाखाजाको व्यवस्था  « Khabarhub

एमालेको चुनावी घोषणापत्र

सबै विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड, कक्षा १० सम्म दिवाखाजाको व्यवस्था 


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत सबै विद्यालयका किशोरीहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

किशोरीहरूको स्वास्थ्य, सरसफाइ र विद्यालय उपस्थितिमा सुधार ल्याउने उद्देश्यले प्याड सहज रूपमा उपलब्ध गराइने उल्लेख गरिएको छ । घोषणापत्रमा कक्षा १० सम्म अध्ययनरत सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरिने पनि उल्लेख छ । 

यस कार्यक्रमले विद्यार्थीको पोषण अवस्था सुधार गर्नुका साथै विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एमालेले यस प्रकारका कार्यक्रममार्फत विद्यालय शिक्षा थप समावेशी, स्वास्थ्यसम्बन्धी रूपमा सुरक्षित र विद्यार्थीमैत्री बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ४४ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस