स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षामा आवद्ध गर्ने « Khabarhub

एमालेको घोषणापत्र

स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षामा आवद्ध गर्ने


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो चुनावी घोषणापत्रमार्फत स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको वार्षिक भत्ता बढाएर २० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ।

समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका स्वास्थ्य स्वयंसेविकालाई थप प्रोत्साहन गर्न भत्ता वृद्धि गर्ने प्रतिबद्धता गरिएको घोषणापत्रमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनबाट समेत सम्मानित स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई थप सुदृढ बनाउने लक्ष्य पार्टीले राखेको छ।

त्यसैगरी, सबै स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिने पनि एमालेले जनाएको छ । यसबाट स्वयंसेविकाले सामाजिक सुरक्षा, आर्थिक संरक्षण तथा भविष्यमा विभिन्न सुविधा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

एमालेले समुदायमा प्राथमिक स्वास्थ्य सेवा सुदृढ बनाउन स्वास्थ्य स्वयंसेविकाको भूमिका अझ प्रभावकारी बनाउने नीति लिएको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ४६ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम