महिला उद्यमीलाई २० लाख निर्ब्याजी ऋण, सुत्केरीलाई २० हजार भत्ता र ५ लाखको निःशुल्क जीवन बीमा « Khabarhub

एमालेको चुनावी घोषणापत्र

महिला उद्यमीलाई २० लाख निर्ब्याजी ऋण, सुत्केरीलाई २० हजार भत्ता र ५ लाखको निःशुल्क जीवन बीमा


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत महिला सशक्तीकरण, मातृ स्वास्थ्य र उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न विशेष कार्यक्रम घोषणा गरेको छ।

घोषणापत्र अनुसार महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराइनेछ । यस्तो ऋण सहज रूपमा उपलब्ध गराइने र व्यवसाय तथा ऋणको निःशुल्क बीमाको व्यवस्था समेत गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ मातृ–शिशु पोषण भत्ता प्रदान गरिने एमालेले जनाएको छ । गर्भावस्था अघि र पछि स्वास्थ्य परीक्षणका लागि घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च पनि दोब्बर गरिने प्रतिबद्धता गरिएको छ ।

यसका साथै गर्भवती महिलाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न ५ लाख रुपैयाँसम्मको जीवन बीमा निःशुल्क गरिने घोषणा गरिएको छ । एमालेले यी कार्यक्रममार्फत महिला उद्यमशीलता अभिवृद्धि, मातृ तथा शिशु स्वास्थ्य सुधार र महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ५१ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस