एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए « Khabarhub

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकपछि अर्का नेता बाहिरिइरहेका छन्।

पछिल्लो पटक बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पनि पार्टी छाडेका छन् । उनले बिहीबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्।

उनले महामन्त्री कविन्द्र बुर्लाकोटीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

हुमागाईं ०७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन् ।

उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएकोसहितका आरोपसहित उनले रास्वपाबाट बिदा लिएका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  २ : ३५ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष