प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत « Khabarhub

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गरेका छन् ।

योजनामा उनले चारवटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गरेका छन् । पहिलो प्राथमिकतामा कानुन र व्यवस्थाको स्थिति सुधार गर्ने लक्ष्य रहेको छ भने  दोस्रो, आवश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्ने योजना छ । 

तेस्रोमा निर्बाध बिजुली र ग्यास आपूर्ति सुनिश्चित गर्नुका साथै जीवन–यापनको लागत घटाउन जोड दिनु भएको छ । चौथोमा सार्वजनिक यातायात, विशेष गरी रेलवे प्रणालीमा सुधार गर्ने उनले बताएका छन् । यसबाहेक, उनले भ्रष्टाचार विरुद्ध लड्नका लागि कडा प्रयासहरूको निर्देश गरे ।  

मङ्गलबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका रहमानले प्रत्येक मन्त्रालयलाई  १८० दिन भित्र आफ्नै योजना बनाउन र कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । यस अघि बङ्गलादेशमा नयाँ सरकारले पदभार ग्रहण गरे पछि एक सय दिनको प्राथमिकता प्याकेज घोषणा गर्ने गर्थे । यद्यपि, रहमानले यसलाई तोड्दै १८० दिनको अवधि तथ गरेका छन् ।

अपराध उन्मूलन र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनताको मनमा शान्ति र सुरक्षा पुनर्स्थापना गर्नु सरकारको एजेन्डाको प्राथमिक केन्द्रबिन्दु भएको रहमानले बताए।

मन्त्रीहरूले शपथ लिएपछि यस्ता विषयमा कुरा गर्न थालेका छन् भने गृहमन्त्री सालाउद्दिन अहमदले पत्रकारहरूलाई बङ्गलादेशमा आगामी दिनमा भिड–भाड हिंसा नहुने घोषणा गरेका छन् । उनले लागूऔषध नियन्त्रण र अन्य आवश्यक उपाय सहित देशको अवस्थालाई कडाइका साथ नियन्त्रण गरिएको पनि घोषणा गरे ।

विदेश नीतिका विषयमा विदेश मन्त्री कलिलुर रहमानले बङ्गलादेशको नयाँ विदेश नीति “बङ्गलादेश पहिलो हुने बताएका छन् । उनले बङ्गलादेशको हितलाई प्राथमिकता दिँदै  सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने र, स्वर्गीय राष्ट्रपति जियाउर रहमानको विदेश नीति जस्तै मार्गमा अगाडि बढ्ने बताउनु भएको छ ।

पवित्र रमजानको अवसरमा नागरिकहरूलाई शुभकामना दिँदै रहमानले सामानको मूल्य आम जनताको पहुँच भन्दा बाहिर नजानका लागि व्यापारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  २ : ११ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा