चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा « Khabarhub

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी गरेपछि चौतर्फी आलोचना शुरु भएको छ ।

भारतको ग्रेटर नोयडामा रहेको गलगोटिया विश्वविद्यालयले चीनमा निर्मित युनिट्री रोबोटिक्सले विकास गरेको युनिट्री गो२ नामक रोबोट कुकुर आफैँले विकास गरेको दाबी गरेको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भइरहेको एआई सम्मेलनमा उक्त रोबोट कुकुर राखिएको थियो । सम्मेलनमा गलगोटिया विश्वविद्यालयले उक्त रोबोट कुकुरलाई ‘ओरायन’ नाम दिएको जनाइएको छ ।

विश्वविद्यालयकी सञ्चार प्राध्यापक नेहा सिंहले राज्यसञ्चालित टेलिभिजन डीडी न्यूजसँगको कुराकानीमा ‘ओरायन’ लाई गलगोटिया विश्वविद्यालयको ‘सेन्टर अफ एक्सिलेन्स’ मा विकास गरिएको दाबी गरेकी थिइन् ।

यद्यपि युनिट्रीको उक्त रोबोट कुकुर २ हजार ८ सय अमेरिकी डलरमा बजारमा सहजै पाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

घटना सार्वजनिक भएपछि सम्मेलनस्थलबाट उक्त विश्वविद्यालयको स्टल हटाइएको छ । पछि विश्वविद्यालयले उक्त रोबोट कुकुर आफूले विकास नगरेको प्रष्ट्याएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  २ : ३० बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको