रास्वपाले पाँच वर्षभित्र पर्यटकको सङ्ख्या र खर्च दोब्बर पार्ने « Khabarhub

रास्वपाले पाँच वर्षभित्र पर्यटकको सङ्ख्या र खर्च दोब्बर पार्ने


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावप् घोषणापत्र सार्वजनिक गरेको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले ‘वाचापत्र’ सार्वजनिक गरेको हो । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा रास्वपाले वाचापत्र सार्वजनिक गरेको हो ।

वाचापत्रमा रास्वपाले नेपाल भित्रिने पर्यटकको सङ्ख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्ने महत्वकांक्षी घोषणा गरेको छ । रास्वपाले पर्यटकको औसत बसाइ लम्ब्याउन आवश्यक नीतिहरू कार्यान्वयन गर्ने, ट्रेकिङ्ग–केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम’ स्थापनामा ध्यान दिने जनाएको छ ।

‘कर्णाली र सुदूरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटकीय गन्तव्यहरू स्थापित गर्नेछौँ । सडकले विगतका पदमार्ग ध्वस्त पारेका ठाउँमा वैकल्पिक पदमार्ग बनाउन बजेट छुट्याउने छौँ ।’ रास्वपाको वाचापत्रमा उल्लेख छ ।

वाचापत्र सार्वजनिक कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्लेसहितका नेताहरू सहभागी थिए । रास्वपाले आफ्नो वाचापत्रमा मध्यम वर्गलाई विशेष महत्व दिएको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ३ : २० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)