रास्वपाको चुनावी वाचा : ५ वर्षमा ५ लाखलाई रोजगारी, भ्रष्टाचारमा शून्य सहनशीलता « Khabarhub

रास्वपाको चुनावी वाचा : ५ वर्षमा ५ लाखलाई रोजगारी, भ्रष्टाचारमा शून्य सहनशीलता


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी वाचा पत्रमा भ्रष्टाचारलाई पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बिहीबार कर्णालीको सुर्खेतबाट सार्वजनिक वाचा पत्रको बुँदा नम्बर ५ मा कुनै पनि प्रकारको भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने जनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाइने पनि रास्वपाले जनाएको छ।

पार्टीले सरकारी कर्मचारीहरूको सम्पत्ति विवरणलाई सार्वजनिक गरी पारदर्शिता कायम गरिने र भ्रष्टाचारका मुद्दाहरूमा छिटो कारबाही हुने व्यवस्था मिलाइने जनाएको छ।

रास्वपाको चुनावी घोषणा पत्रमा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण वाचा गरिएको छ। बुँदा नम्बर २२ मा उल्लेखित अनुसार, ५ वर्षभित्र ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

यसका लागि स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन दिइने, विदेशी लगानी आकर्षित गरिने र डिजिटल अर्थतन्त्रलाई मजबुत बनाइने योजना छ।

पार्टीले कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा जोड दिई युवाहरूलाई स्वरोजगार बनाउने रास्वपाले बताएको छ।

रास्वपाले शिक्षा क्षेत्रलाई रूपान्तरण गर्ने ठोस योजना प्रस्तुत गरेको छ। बुँदा नम्बर ६५ मा शिक्षा क्षेत्रको लागि मेट्रोफन्ड कम्पनी स्थापना गर्ने र बुँदा ६६ मा ३ बच्चासम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।

यसबाहेक, विश्वविद्यालयहरूलाई स्वायत्त बनाउने, डिजिटल शिक्षा प्रणाली लागू गर्ने र शिक्षकहरूको क्षमता विकासमा जोड दिइने रास्वापले उल्लेख गरेको छ।

पार्टीले नेपालको शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ। रास्वपाले स्वास्थ्य बीमालाई सार्वभौमिक बनाउने रास्वपाको घोषणा गरेको छ।

स्वास्थ्य क्षेत्रमा रास्वपाले सार्वभौमिक स्वास्थ्य बीमा लागू गर्ने वाचा रास्वपाले गरेको छ। वाचा पत्रको बुँदा नम्बर ७७ मा सबै नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध गराउने र बुँदा ७८ मा अस्पतालहरूको स्तरोन्नति गर्ने योजना उल्लेख छ।

पार्टीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने, औषधि मूल्य नियन्त्रण गर्ने र महामारी नियन्त्रणका लागि पूर्वाधार तयार पार्ने बताएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ३ : १४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)