रास्वपाको योजना : सीमाक्षेत्रमा ड्रोन र नाइटभिजन क्यामेरा राख्ने, सीमावर्तीबासीलाई ‘सीमा परिचय पत्र’ « Khabarhub

रास्वपाको योजना : सीमाक्षेत्रमा ड्रोन र नाइटभिजन क्यामेरा राख्ने, सीमावर्तीबासीलाई ‘सीमा परिचय पत्र’


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सीमा सुरक्षालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने योजना सार्वजनिक गरेको छ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बिहीबार सुर्खेतबाट सार्वजनिक बाचा पत्रमा पार्टीले सीमा क्षेत्रको सुधार र सुदृढीकरणका लागि ठोस कार्यक्रम अघि सारेको हो।

रास्वपाले नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई आधुनिक प्रविधि, पर्याप्त जनशक्ति र उच्च क्षमताको पूर्वाधारसहित विशिष्टीकृत ‘सीमा सुरक्षा बल’ का रूपमा परिचालन गर्ने जनाएको छ।

पार्टीका अनुसार प्रमुख सीमा नाकाहरूमा नाइट–भिजन क्यामेरा, ड्रोन निगरानी र डिजिटल इन्ट्री–एक्जिट रेकर्ड प्रणाली लागू गरिनेछ। यसमार्फत तस्करी, अवैध ओसारपसार र क्रस–बोर्डर अपराधलाई शून्यमा झार्ने लक्ष्य लिइएको छ।

सीमा विवाद र पुराना सन्धि–सम्झौताहरूलाई भावनामा सीमित नराखी तथ्य र प्रमाणका आधारमा संस्थागत संवादमार्फत स्थायी समाधान खोज्ने प्रतिबद्धता पनि बाचा पत्रमा उल्लेख छ।

सीमावर्ती बासिन्दालाई ‘सीमा परिचय पत्र’ वितरण गरिने तथा उनीहरूको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका लागि विशेष सहुलियत र पूर्वाधार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

त्यस्तै, सीमालाई ‘आर्थिक गेटवे’ का रूपमा विकास गर्दै दोधारा–चाँदनी ड्राइपोर्टलगायत व्यापारिक नाकाहरूमा भन्सार प्रक्रियाको पूर्ण डिजिटाइजेसन गरी वैध व्यापार सहज बनाइने योजना अघि सारिएको छ।

रास्वपाले नेपालको आन्तरिक राजनीति, निर्वाचन प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हुने कुनै पनि अवाञ्छित हस्तक्षेप निस्तेज पार्न राष्ट्रिय सुरक्षा संयन्त्रलाई थप सतर्क बनाउने पनि जनाएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ३ : ५० बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,