रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’ « Khabarhub

रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने सञ्चालक र व्यवस्थापकलाई थुनेर होइन सुनेर समाधान गर्ने नीति अघि सारेको छ । 

आफ्नै पार्टीका सभापति रवि लामिछानेसमेत ५ वटा सहकारीको बचत अपचलनमा जोडिएको विषयलाई सम्बोधन गर्दै रास्वपाले चुनाव लक्षित पार्टीको बाचापत्रमा सो विषय उल्लेख गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित सार्वजनिक गरेको चुनावी बाचापत्रमा रास्वपाको उद्देश्य सहकारीका सञ्चालकहरूलाई जेल हाल्नु नभएर बचतकर्ताको पैसा फिर्ता गर्नु रहेको जनाएको हो ।

‘हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो । त्यसैले, ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, ‘मिलापत्र’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौं’, रास्वपाले बाचापत्रमा उल्लेख गरेको छ ।

यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिने रास्वपाले बाचापत्रमा उल्लेख गरेको हो ।

रास्वपाले सहकारी र लघुवित्तमा स्वचालित प्रणाली लागू गरेर चर्को ब्याज र अनुचित सेवा शुल्क लिने अवस्थाको अन्त्य गर्ने जनाएको छ ।

साथै, कर्जा प्रवाहमा दोहोरोपना र ऋणको पासो अन्त्य गर्न सहकारी र लघुवित्त दुवैलाई कर्जा सूचना केन्द्रसँग जोडेर वास्तविक क्षमताका आधारमा कर्जा प्रवाह भएको सुनिश्चित गर्ने नीति लिने रास्वपाको बाचापत्रमा उल्लेख छ ।

रास्वपाले सरकार गठन भएको एक सय दिनमा साना बचतकर्ताको बचत खातामा रकम फिर्ता गर्ने महत्वकांक्षी विषय बाचापत्रमा उल्लेख गरेको छ । 

‘सहकारी र लघुवित्तलाई अनुत्पादक घरजग्गा क्षेत्रबाट हटाएर उत्पादनशील, विना–धितो सामूहिक जमानी र स्थानीय सीपमा आधारित उद्यमशील कर्जामा केन्द्रित आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौं’, वाचापत्रमा उल्लेख छ ।

बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने रास्वपाले जनाएको छ ।

सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैर–बैंकिङ्ग वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरिवेक्षण प्रणालीभित्र ल्याउने जनाइएको छ । 

‘५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी र लघुवित्तहरूलाई अनिवार्य रूपमा राष्ट्र बैंकको कडा नियमन र ‘घ’ वर्गका वित्तीय संस्था सरहको मापदण्डमा आबद्ध गराउनेछौँ भने साना संस्थाहरूको व्यवस्थित सञ्चालनका लागि एक उच्चाधिकार सम्पन्न ‘दोस्रो तहको नियामक’ गठन गर्नेछौं’, रास्वपाको वाचापत्रमा भनिएको छ ।

तर, रास्वपाले वाचापत्रमा घोषणा गरेको सो विषय भने सरकारले भर्खरै राष्ट्रिय सहकारी नियमन प्राधिकरण कार्यान्वयनमा ल्याइसकेको छ भने ५० करोड माथि कारोबार गर्ने ऋण तथा बचत सहकारी राष्ट्र बैंकले नियमन गर्ने विषयमा पनि कार्यान्वयनमा अगाडि बढाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ४ : ३७ बजे

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र