बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता « Khabarhub

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ । विशेषगरी हिउँदे सुख्खायामको यस समयमा वायु गुणस्तर सूचकाङ्क निरन्तर ‘अस्वस्थकर’ स्तर (आज १५० भन्दा माथि) पुगिरहेको सन्दर्भमा, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्ल्याक+ डेकरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

बदलिँदो मौसम, धुलो र धुवाँका कारण आम नागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर कम्पनीले सजगता अपनाउन अनुरोध गरेको छ ।

‘सिजी इलेक्ट्रोनिक्स सधैं आफ्ना ग्राहकहरूको स्वास्थ्य, सुरक्षा र जीवनस्तर उकास्ने कुरामा प्रतिबद्ध छ। बाह्य वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि, हाम्रो घर र कार्यालयभित्रको हावालाई सुरक्षित र स्वच्छ राख्न सकिन्छ,’ सिजी इलेक्ट्रोनिक्सका आधिकारिक प्रवक्ताले भने, ‘नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, हामीले घरभित्रको प्रदूषण व्यवस्थापनका लागि एक भरपर्दो र प्रभावकारी समाधानको रूपमा ब्ल्याक+डेकरको एयर प्युरिफायरहरू बजारमा उपलब्ध गराएका छौं ।’

यसै आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको ब्ल्याक+डेकरको एपी३५६०-बी५ एयर प्युरिफायर सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार यसका फाइदाहरू यस प्रकार छन् : 

प्रि-फिल्टर : यसले धुलो, कपाल र घरपालुवा जनावरको रौँ जस्ता ठूला कणहरूलाई कैद गर्छ। यसले भित्र रहेका गहिरा फिल्टरहरूलाई सुरक्षित राख्नुका साथै तिनीहरूको आयु बढाउन मद्दत गर्छ ।
हेपा १३ फिल्टर : यो एउटा ‘ट्रु हेपा’ फिल्टर हो जसले हावामा रहेका ०.३ माइक्रोन सम्मका ९९.९७ प्रतिशत सूक्ष्म कणहरू (जस्तै: परागकण, धुवाँ, मसिनो धुलो र एलर्जी गराउने तत्त्वहरू) लाई सोस्ने क्षमता राख्छ।
  

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ५ : २२ बजे

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन