कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने « Khabarhub

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति लिएको छ। 

बिहीबार चुनाव लक्षित सार्वजनिक गरिएको घोषणापत्रमा पहुँच हुनेले विदेशमा उपचार पाउने र नहुनेले स्वदेशमा ओखती नपाउने विभेदकारी अवस्थाको अन्त्य गर्ने जनाएको हो ।

‘पहुँच हुनेले विदेशमा उपचार पाउने र नहुनेले स्वदेशमै पनि ओखती नपाउने विभेदकारी अवस्थाको पूर्ण अन्त्य गर्छौं’, घोषणापत्रमा भनिएको छ । 

विदेशमा गरिने उपचारका लागि राज्यको ढुकुटीबाट अनुदान दिन नपाइने बाध्यकारी व्यवस्थालाई कडाइका साथ लागू गरिने घोषणापत्रमा उल्लेख छ ।

साथै, कांग्रेसले कानुनको उल्लंघन गरेर राज्यकोषको दोहन गर्ने वा गराउनेलाई नीतिगत भ्रष्टाचारको दायरामा ल्याउने पनि जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ५ : ३१ बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली