बालेनले रुखमा बाँधेर बाटो बनाउने भन्दा गगनले ल्याए ठेक्का प्रणाली सुधार्ने नीति « Khabarhub

बालेनले रुखमा बाँधेर बाटो बनाउने भन्दा गगनले ल्याए ठेक्का प्रणाली सुधार्ने नीति


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले रुखमा बाँध्ने, खोरमा थुन्ने जस्ता काम गरेर बाटो निर्माणको काम छिटो बनाउने भनेकोमा कांग्रेसका सभापति गगन थापाले भने ठेक्का प्रणाली सुधार गर्ने नीति ल्याएका छन् ।

कांग्रेसले बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा ठेक्का प्रक्रियालाई सरल बनाउन खरिद कानुन र बीड डकुमेन्ट मूल्यांकन सुधार गरी प्राविधिक क्षमता, अनुभव र विश्वसनीयतालाई प्राथमिकता दिँदै लागत गुणस्तर र भुक्तानी प्रणाली सुधार गर्ने उल्लेख छ ।

सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष सुधार गर्ने, कार्यसम्पादनमा आधारित र समयबद्ध भुक्तानी प्रणाली लागू गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

रास्वपाका वरिष्ठ नेता बालेनले भने ठेक्का प्रणालीको पक्षमा रहेको समस्यालाई नजरअन्दाज गर्दै बाँधेर र थुनेर काम छिटो गराउने अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्तिलाई निर्माण व्यवसायी महासंघका अध्यक्षले निन्दनीय भन्दै प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ६ : २८ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्