सङ्कटालाई हराउँदै एपिएफ फाइनल « Khabarhub

सङ्कटालाई हराउँदै एपिएफ फाइनल


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लबविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ ।

आज भएको छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध शून्यको विरुद्ध ३ गोल जित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको आयोजक एन्फाले बताएको छ । खेलको ७औँ मिनेटमा एपिएफको तर्फबाट पहिलो रश्मीकुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ४२औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरेकी थिइन् ।

खेलको ८४औँ मिनेटमा एपिएफको तर्फबाट जर्सी नम्बर १२ की गीता रानाले तेस्रो गोल गर्दै सङ्कटाविरुद्ध एपिएफले ३ शून्यले जित हासिल गरेको आयोजक एन्फाका महासचिव किरण राईले बताउनुभयो । अब फाइनल खेल शनिबार त्रिभुवन आर्मी महिला टिम र सशस्त्र प्रहरी ९एपिएफ० बीच फाइनल खेल हुने आयोजक एन्फाले जनाएको छ ।

त्रिभुवन आर्मीले नेपाल प्रहरीविरुद्ध १ गोलले जित गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपिएफले सङ्कटाविरुद्ध जित गर्दै फाइनलमा प्रवेश गरेको आयोजकले बताएको छ । अब खेलमा प्रथम हुने टिमलाई सात लाख ५० हजार नगद र दोस्रो हुने टिमलाई नगद रु पाँच लाख पुरस्कार प्रदान गरिने एन्फाका महासचिव किरण राईले बताउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : १९ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले