सङ्कटालाई हराउँदै एपिएफ फाइनल « Khabarhub

सङ्कटालाई हराउँदै एपिएफ फाइनल


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लबविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ ।

आज भएको छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध शून्यको विरुद्ध ३ गोल जित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको आयोजक एन्फाले बताएको छ । खेलको ७औँ मिनेटमा एपिएफको तर्फबाट पहिलो रश्मीकुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ४२औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरेकी थिइन् ।

खेलको ८४औँ मिनेटमा एपिएफको तर्फबाट जर्सी नम्बर १२ की गीता रानाले तेस्रो गोल गर्दै सङ्कटाविरुद्ध एपिएफले ३ शून्यले जित हासिल गरेको आयोजक एन्फाका महासचिव किरण राईले बताउनुभयो । अब फाइनल खेल शनिबार त्रिभुवन आर्मी महिला टिम र सशस्त्र प्रहरी ९एपिएफ० बीच फाइनल खेल हुने आयोजक एन्फाले जनाएको छ ।

त्रिभुवन आर्मीले नेपाल प्रहरीविरुद्ध १ गोलले जित गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपिएफले सङ्कटाविरुद्ध जित गर्दै फाइनलमा प्रवेश गरेको आयोजकले बताएको छ । अब खेलमा प्रथम हुने टिमलाई सात लाख ५० हजार नगद र दोस्रो हुने टिमलाई नगद रु पाँच लाख पुरस्कार प्रदान गरिने एन्फाका महासचिव किरण राईले बताउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ८ : १९ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय