पूर्वराजकुमार समातिएपछि बेलायती जनता खुशी, राजा भन्छन्– अब कानुनले काम गर्छ « Khabarhub

पूर्वराजकुमार समातिएपछि बेलायती जनता खुशी, राजा भन्छन्– अब कानुनले काम गर्छ


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एपस्टिनसँग मुछिएर बदनाम भएका बेलायतका पूर्वराजकुमार एण्ड्रियू माउन्टबेटन–विन्जर पक्राउ परेका छन् । उनलाई बेलायतको नोरफोकस्थित स्याण्ड्रिङ्घम आवास क्षेत्रबाट पक्राउ गरिएको हो ।

यसअघि उनी पश्चिमी लण्डनको विन्जरस्थित शाही आवासमा बसोबास गर्दै आएका थिए । तर, गत फेब्रुअरी २ मा उनी त्यहाँबाट रातको अँध्यारोमा लुकिछिपी नोरफोक बसाइ सरेर गएका थिए ।

बेलायती प्रहरीले उनी यसअघि बसेको विन्जरस्थित शाही आवास क्षेत्रमा पनि छापा मारेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बेलायती नरेश चार्ल्स तृतीयका भाइ एण्ड्रियूले आजै आफ्नो ६६ औँ जन्मदिन मनाउँदैछन् । आफ्ना भाइको पक्राउबारे चार्ल्सले मुख खोलेका छन् । उनले विज्ञप्ति जारी गर्दै आफ्ना भाइको पक्राउबारे आफूले जानकारी पाएको उल्लेख गर्दै कानुनअनुसार अबको प्रक्रिया अघि बढ्नुपर्ने जनाएका छन् ।

‘मैले गहिरो चिन्ताबीच एण्ड्रियू माउन्टबेटन विन्जर र सार्वजनिक पदको दुरुपयोगको समाचार थाहा पाएँ । अब पूर्ण, निष्पक्ष र उचित हिसाबमा उचित अधिकारीबाट अनुसन्धान हुनुपर्छ । यसमा, मैले यसअघि भनेजस्तै, हाम्रो पूर्ण समर्थन र सहयोग रहनेछ ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘म यो स्पष्ट रुपमा भन्न चाहन्छु, कानुनले काम गर्न पाउनुपर्छ ।’

‘यो प्रक्रिया चलिरहँदा यसबारे मैले धेरै टिप्पणी गर्नु ठीक हुनेछैन । यसैबीच, मेरो परिवार र म हाम्रो जिम्मेवारी र सेवामा निरन्तर छौँ ।’

प्रधानमन्त्री केर स्टार्मरले पनि बेलायतमा कानुनभन्दा माथि कोही नरहेको प्रतिक्रिया दिएका छन् । एण्ड्रियूलाई पक्राउ गरिएको घटना सार्वजनिक हुनुअघि बीबीसीसँगको कुराकानीमा उनले बेलायतमा कोही पनि कानुनभन्दा माथि नरहेको जनाएका हुन् ।

बेलायती सञ्चार माध्यमका अनुसार उनलाई पक्राउ गर्न पहिचान लुकाइएका आठ वटा प्रहरीको कार र सादा पोशाकका आठ जना सुरक्षाकर्मी खटिएका थिए ।

उनीमाथि कस्तो प्रकारको अभियोग दर्ता गरिने हो भन्ने अझै प्रष्ट भइसकेको छैन । सार्वजनिक पदको दुरुपयोग गरेको आशङ्कामा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जनाइएको छ ।

यद्यपि जेफ्री एपस्टिनसँग मुछिएको मामिलामा पनि उनीविरुद्ध अनुसन्धान हुने अपेक्षा गरिएको छ । यद्यपि उनले एपस्टिनसँग मिलेर आफूले कुनै गलत कार्य नगरेको बारम्बार बताउने गरेका छन् ।

बेलायती जनताले भने पूर्वराजकुमार एण्ड्रियूप्रति खासै सहानुभूति नदेखाएको रोयटर्सले जनाएको छ । रोयटर्स टेलिभिजनका संवाददाता जेरार्ड मेले राजधानी लण्डनमा भेटिएका केही बेलायती नागरिकसँग कुराकानी गरेका छन् ।

उनीसँगको कुराकानीमा ६२ वर्षीय माइकल टेम्पलले यसलाई शक्तिमा रहेकाहरु जिम्मेवारी वा मर्यादा विहीन भएको संकेतको रुपमा अथ्र्याएका छन् । ‘र, मैले यसो भन्नुको अर्थ उनी भ्रष्ट पृष्ठभूमिबाट आएका हुन् । (उनलाई) म कानुनभन्दा माथि हुँ भन्ने लाग्छ ।’ उनले भने ।

त्यसैगरी, ७६ वर्षीया मोनिकाले पनि उनी पक्राउ पर्दा आफू खुशी भएको प्रतिक्रिया दिएकी छिन् । ‘मलाई लाग्थ्यो, उनी लुकेरै बस्नेछन् र जोगिनेछन्… म खुशी छु ।’ उनले भनिन् ।

अर्का ८२ वर्षीय आन्द्रेले चाहिँ सार्वजनिक दबाबका कारण पक्राउ परेपनि उनी फिर्ता नहुनेगरी तेस्रो देशमा हराउने आशंका व्यक्त गरे । ‘मेरो विचारमा उनलाई प्रश्न गर्न जनताको र मिडियाको दबाबका कारण हो । तर, उनी शायद कुनै देशमा हराउनेछन्, जहाँबाट उनलाई यहाँ ल्याउन सकिन्न ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ८ : ३३ बजे

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

ललितपुर – ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति