कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव « Khabarhub

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आएको बताएका छन्।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ भगवतपुरमा विहीबार आयोजित कार्यक्रममा जनसमुदायलाई सम्बोधन गर्दै उनले दुई फरक विचार सिद्धान्त भएका ठूला मिलेर पार्टीहरु सरकारमा जानु नै गलत निर्णय भएको टिप्पणी गरे।

कहीँ नभएको अभ्यास नेपालको राजनीतिमा भएको बताउँदै उनले भने ‘कांग्रेस–एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आएको हो, जनताप्रति जिम्मेवार हुन नसक्नु, सेवा, सुविधाका साथै सुशासन कायम गर्न नसक्नु सरकारको असफलताको मूल कारण हो।’

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले अतिवाद र तानाशाही प्रवृतिले गर्दा पछिल्लो विद्रोह भएको र सोको जिम्मा कांग्रेस एमालेले लिनुपर्नेमा जोड दिए।

मधेश जनविद्रोहबाट आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित भए पनि अझैं व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने ‘जनताको मत पाएर विगतमा निर्वाचित भएका जनप्रतिनिधिलाई हाम्रो गाउँठाउँको विकास किन भएन? देशका लागि के योगदान दिनुभयो? मधेशी, थारु, दलित लगायत उपेक्षित उत्पीडित जनताका लागि के गर्नुभयो? प्रश्न सोध्नुहोला।’

संघीय शासन व्यवस्थालाई समाप्त पार्न आफूलाई नयाँ भन्ने शक्तिले जनतालाई भ्रममा पारेर प्राप्त उपलब्धीहरुलाई समाप्त पार्न खोजेको उनले बताए। देशका शोषित, उत्पीडित, उपेक्षित एवम् पछाडि पारिएका समुदायका लागि सङ्घर्ष गर्ने पार्टी जसपा नेपाल नै भएकोले शक्तिशाली शक्ति बनाउन आम जनतासँग आग्रह जसपा नेपालका अध्यक्ष यादवले आग्रह गरे।

शम्भुनाथ नगरपालिकाको भगवतपुर, भंगहा, जमुवा, मोहनपुर लगायतका गाउँहरुमा गाउँहरुमा घरदैलो गरिएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्वसदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), पार्टीका नेता दिलकुमारी चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, समाजवादी युवा विद्यार्थीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका नेताहरु सहभागी छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ९ : ०३ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा