रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने « Khabarhub

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ) भएको गाडी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आज बिहीबार सिंहदरबारमा बसेको बैठकले रुफटफ भएको गाडी निर्वाचन प्रयोजनका लागि प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।

प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ । सह सचिव काफ्लेले भने, ‘उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।’

बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अहिलेसम्मको गतिविधि र तयारीबारे छलफल गरेको छ । तयारी राम्रो रहेको निष्कर्ष निकल्दै तयारीलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।

केन्द्रिय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितकौ बैठक दैनि बस्न निर्देशन दिएको छ ।

अहिलेसम्म रुफटफ भएका गाडी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेले सबैभन्दा धेरै प्रयोग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ९ : १३ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा