विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य « Khabarhub

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अफगानिस्तानले क्यानडालाई जितका लागि २०१ रनको लक्ष्य दिएको छ ।

चेन्नईको एमएचिदम्बरम रंगशालामा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०० रन बनाएको हो ।

अफगानिस्तानका लागि इब्राहिम जदरानले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ९५ रनमा अविजित रहे । ५६ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै सेदिकुल्लाह अतलले ४४, रहमानुल्लाह गुरबाजले ३० रन बनाए ।

क्यानका लागि जसकरण सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ५२ रन खर्चिए । डिलन हेलिगरको नाममा एक विकेट रह्यो ।

यो खेल दुवै टोलीका लागि समूह चरणको अन्तिम खेल हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ९ : १६ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन