विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य « Khabarhub

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अफगानिस्तानले क्यानडालाई जितका लागि २०१ रनको लक्ष्य दिएको छ ।

चेन्नईको एमएचिदम्बरम रंगशालामा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०० रन बनाएको हो ।

अफगानिस्तानका लागि इब्राहिम जदरानले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ९५ रनमा अविजित रहे । ५६ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै सेदिकुल्लाह अतलले ४४, रहमानुल्लाह गुरबाजले ३० रन बनाए ।

क्यानका लागि जसकरण सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ५२ रन खर्चिए । डिलन हेलिगरको नाममा एक विकेट रह्यो ।

यो खेल दुवै टोलीका लागि समूह चरणको अन्तिम खेल हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ९ : १६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल