एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश « Khabarhub

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसले आज राष्ट्रियसभा गृहमा आयोजना गरेको प्रतिज्ञापत्र प्रश्नउत्तर कार्यक्रममा पूर्वमन्त्री मानन्धरसहित नेकपा (एमाले)रसुवाका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य जनार्दन ढकाल, नेपाली कम्युनिष्ट पार्टीका नेता दिपक केसी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणयशम्शेर राणा कांग्रेसमा प्रवेश गरेका हुन् । उनी हरुलाई कांग्रेस सभापति गगनकुमार थापाले सदस्यता प्रदान गरे ।

कांग्रेस प्रवेश गरेका मान्धर काठमाडौँ क्षेत्र नं ७ का पूर्वसांसद एवं काठमाडौँ महानगरपालिका–१६ का पूर्ववडाध्यक्ष समेत हुन् । पार्टी प्रवेश कार्यक्रममा सभापति थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ९ : ३९ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक