नकारात्मक टिप्पणी गरेको भन्दै चीनले डाक्यो हङकङस्थित पश्चिमा देशका प्रतिनिधि « Khabarhub

नकारात्मक टिप्पणी गरेको भन्दै चीनले डाक्यो हङकङस्थित पश्चिमा देशका प्रतिनिधि


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले हङकङमा रहेका पश्चिमा मुलुकका प्रतिनिधिलाई डाकेर प्रष्टीकरण मागेको छ ।

हङकङका लोकतन्त्रवादी अभियन्ता तथा सञ्चार व्यवसायी जिम्मी लाईलाई अदालतले सुनाएको सजायबारे नकारात्मक टिप्पणी गरेको भन्दै चीनले पश्चिमा मुलुकका प्रतिनिधिलाई डाकेको हो ।

चिनियाँ विदेश मन्त्रालयको हङकङ आयोग कार्यालयले त्यहाँस्थित अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली संघका प्रतिनिधिलाई डाकेको समाचार संस्था रायटर्सले जनाएको छ । आयोग कार्यालयले ती मुलुकका अधिकारीबाट आएका नकारात्मक टिप्पणीप्रति असन्तुष्टि र विरोध जनाएको छ ।

चीनले जिम्मीलाई सुनाइएको सजाय चीनको राष्ट्रिय सुरक्षा र आन्तरिक मामिलासँग जोडिएको विषय भएको भन्दै यसबारे गैरजिम्मेवार टिप्पणी नगर्न समेत सचेत गराएको छ ।

यसअघि हङकङको अदालतले जिम्मीलाई २० वर्षको जेल सजाय सुनाएको थियो । हङकङको नयाँ कानुन अन्तर्गत विदेशीसँग साँठगाँठ गरेको आरोपमा उनलाई उक्त सजाय सुनाइएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ७ : ३१ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको