चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा « Khabarhub

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

लेखकको व्यापार कि सिर्जनाको कडी ?


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने गरेको पाइन्छ ।

आर्ट जनरामा बन्ने फिल्मले केही झुक्क्याउ सक्छन् । ती फिल्ममा पात्र आफ्नै परिवेश वरपर देखिने व्यक्ति जस्ता लागे पनि कथा काल्पनिक नै हुन् ।

आफ्नो परिवेशकै चरित्र पर्दामा देखिएकाले यस्ता फिल्मलाई दर्शकले रुचाएको पाइन्छ ।

उदाहरणका लागि ‘कबड्डी’, ‘पशुपति प्रसाद’‘प्रकाश’ र ‘पूर्णबहादुरको सारङ्गी’लाई लिन सकिन्छ ।

वास्तविक घटनामा रोचक उत्तारचढाव थपेर पनि फिल्म बनाएको पाइन्छ ।

बायोपिक अर्थात् एक व्यक्तित्वको जीवन कथामा फिल्म बनाउने अभ्यास पनि नेपालमा एकाध भइरहेका छन् ।

स्वर्गीय गायक भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा फिल्म ‘आचार्य’ बनेको छ । फिल्ममा भक्तराजको भूमिका उनकै छोरा सत्यराजले निर्वाह गरेका छन् ।

साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित रहेर फिल्म ‘जीवन काँडा कि फूल’ पनि बनाइएको छ ।

अर्को बढी अभ्यास कृतिमा आधारित फिल्म बनाउन प्रयोग भएको पाइन्छ ।

कृतिमा आधारित चर्चित फिल्म

कृतिमा आधारित सबैभन्दा सफल र प्रभाव छाड्न सफल फिल्म ‘झोला’ हो । यसमा नायिका गरिमा शर्मा र लक्ष्मी गिरी शीर्ष भूमिकामा छन् ।

साहित्यकार कृष्ण धारावासीको कथा ‘झोला’मा आधारित रहेर यो फिल्म बनेको हो । नेपालमा राणाकालमै हटेको सती प्रथाको विषय ‘झोला’ले बुनेको छ।

कृतिमा बनेका मध्ये सफल फिल्ममा झोला नै दरिएको छ। यो फिल्म ओस्कारका लागि पनि नेपालबाट सिफारिसमा परेको थियो ।

बीपीको कृतिमा पनि फिल्म

नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले साहित्यिक क्षेत्रमा ठूलो योगदान दिएका छन् । उनले कयौँ चर्चित उपन्यास नेपाली साहित्यलाई दिएका छन् ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीको निधन भएको साढे चार दशक भइसक्यो । तर, पनि उनका कृति वर्तमान पनि पढ्न सिफारिस गरिने सामाग्रीका रुपमा पर्छन् ।

तत्कालीन राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गरेपछि सुन्दरीजल बन्दीगृहमा रहँदा उनले लेखेको उपन्यास ‘तीन घुम्ती’मा फिल्म बनेको छ । उनको यो सबैभन्दा चर्चित मध्येको एक कृति पनि हो ।

तत्कालीन राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गरेपछि सुन्दरीजल बन्दीगृहमा रहँदा उनले लेखेको उपन्यास ‘तीन घुम्ती’मा फिल्म बनेको छ । उनको यो सबैभन्दा चर्चित मध्येको एक कृति पनि हो ।

यस कृतिमा अभिभावको इच्छाविपरीत प्रेम, श्रीमानको अनुपस्थितिमा परपुरुषसँग सम्बन्ध र पतिसँग टाढिएर एकल बस्ने एक महिलाको निर्णयलाई उनले तीन घुम्तीका रुपमा वर्णन गरेका छन् ।

बाबुराम ढकाले निर्देशन गरेको यस फिल्ममा नायिका गरिमा शर्मा नै शीर्ष भूमिकामा छिन् ।

महाकविको ‘मुना मदन’

महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा चर्चित कृति ‘मुना मदन’मा पनि फिल्म बनेको छ। उनले नेपाली साहित्यको कालजयी कृति हो ।

धन कमाउन परदेश गएर फर्किँदा श्रीमती र आमाको निधन भएको घटना यस फिल्मको मुख्य कथा हो ।

यो खण्डकाव्यको मुख्य सन्देश हो – धनभन्दा ठूलो जीवन, सम्बन्ध र प्रेम ।

सन् २००३ मा प्रदर्शनमा आएको यस फिल्मको निर्देशक ज्ञानेन्द्र देउजा हुन् । दीपक त्रिपाठी र उषा पौडेल यस फिल्मको शीर्ष भूमिकामा छन् ।

यो फिल्म पनि नेपालबाट ओस्कारका लागि सिफारिस भएको थियो ।

जसका दुई कृतिमा फिल्म बने

महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि कृतिमा आधारित फिल्ममा अभिनय गरेका छन् ।

यी दुईले साहित्यकार डाइमन्ड शमशेर राणाको कृति ‘वसन्ती’मा अभिनय गरेका छन् ।

कृतिमा आधारित दुई फिल्म निर्देशन गर्ने चर्चित नाम हो नीर शाह । ‘वसन्ती’ र ‘सेतो बाघ’ उनले निर्देशन गरेका हुन् ।

यी दुवै कृतिका लेखक डाइमन्ड शमशेर नै हुन् ।

राणा प्रधानमन्त्री जंगबहादुर राणाको उदय र दरबारको कलहलाई समेटेर सेतो बाघ बनेको छ ।

०००

पुस्तक कृति सिनेमा हुन पाउने अर्को सुयोगप्राप्त कृति हो– कट्टेल सरको चोटपटक । डा. ध्रुवचन्द्र गौतमकृत यो पुस्तकको कथानक ‘वासुदेव’ चलचित्रमा उतारिएको छ ।

एउटा शिक्षक दैनिकी र मनोविज्ञानमा घुमेको यस सिनेमाभित्र मुख्यपात्रको भूमिका वरिष्ठ रंगकर्मी हरिहर शर्माले निर्वाह गरेका छन् ।

नेपालको पहिलो रंगिन फिल्म ‘कुमारी’ पनि साहित्यका विजयबहादुर मल्लको कृतिमा आधारित कथामा बनेको फिल्म हो । यो फिल्म ०३४ सालमा प्रदर्शनमा आएको थियो ।

नेपालको पहिलो रंगिन फिल्म ‘कुमारी’ पनि साहित्यका विजयबहादुर मल्लको कृतिमा आधारित कथामा बनेको फिल्म हो । यो फिल्म ०३४ सालमा प्रदर्शनमा आएको थियो ।

अर्थात्, पाँच दशक पहिलादेखि नै कृतिमा आधारित कथामा फिल्म बनाउने अभ्यास भएको पाइन्छ ।

पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘जार’ हो । साहित्यकार इन्द्रबहादुर राईको कृतिमा आधारित यस फिल्ममा नायक सौगात मल्ल र अनुपविक्रम शाही शीर्ष भूमिकामा छन् ।

साहित्यका लीलबहादुर क्षेत्रीको कृतिमा आधारित रहेर फिल्म ‘बसाइँ’ पनि बनेको छ ।

यसरी कृतिमा आधारित रहेर दर्जनौँ फिल्म बनेका छन् । तर, यस्ता फिल्मले दर्शकमाझ बलियो प्रभाव छाडे पनि व्यवसायिक रुपमा सोचेजति सफल दरिन सकेनन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १० : २० बजे

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म