मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन « Khabarhub

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा ११ अर्ब ५८ करोड ६ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उनका अनुसार फागुन महिनामा मात्रै एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो ।

चालु आर्थिक वर्षको आठ महिनामा भन्सार महसुल शीर्षकमा चार अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा छ लाख २९ हजार, कृषि सुधार शुल्क शीर्षकमा १० करोड ९६ लाख राजस्व सङ्कलन भएको छ ।

यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा एक अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा एक लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा चार अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा १३ करोड २३ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि कूल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ७ : ४४ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००