काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने « Khabarhub

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ । गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा शनिबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो । गोरेटोका मुख्य कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा विशेषगरी अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका शैक्षिक अवसरबारे विस्तृत जानकारी दिइने आयोजकले जनाएको छ । मेलामा १५ भन्दा बढी अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । विद्यार्थीले ती प्रतिनिधिसँग आफ्नो अध्ययन योजना, रुचिअनुसारका पाठ्यक्रम, छात्रवृत्ति सुविधा, भर्ना प्रक्रिया र भिसा मार्गनिर्देशनका विषयमा प्रत्यक्ष परामर्श लिनेछन्।

“एउटै थलोमा विभिन्न देशका शैक्षिक विकल्पबारे बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीका लागि निकै फलदायी हुनेछ,” बजार व्यवस्थापक प्रकाश रेग्मीले भने । विदेशमा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो मेला गरिएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ९ : १६ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन