इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी « Khabarhub

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’ पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्। बुधबार राति इजरायलले इरानको ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिशोध स्वरूप इरानले कतारको औद्योगिक क्षेत्रमा प्रहार गरेपछि ट्रम्पको यस्तो कडा प्रतिक्रिया दिएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक लामो सन्देश लेख्दै ट्रम्पले इजरायलले गरेको उक्त आक्रमणबारे अमेरिकालाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

इरानले कतारको ‘रास लाफान’ क्षेत्रमा गरेको आक्रमणलाई ‘अन्यायपूर्ण’ संज्ञा दिँदै उनले आगामी दिनमा कतारमाथि पुनः आक्रमण भए गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन् ।

‘रास लाफान’ विश्वकै ठुलो तरल प्राकृतिक ग्यास प्रशोधन केन्द्र भएको औद्योगिक क्षेत्र हो ।

‘मध्यपूर्वमा विकसित घटनाक्रमको आक्रोशमा इजरायलले हिंस्रक रूपमा जवाफ फर्काएको हो’, ट्रम्पले लेखेका छन्, ‘यस विशेष आक्रमणका बारेमा संयुक्त राज्य अमेरिकालाई केही थाहा थिएन र कतार पनि कुनै पनि रूपमा यसमा संलग्न थिएन, न त उसलाई यसबारे कुनै जानकारी नै थियो ।’

इरानले सत्यतथ्य नबुझी कतारमाथि प्रतिशोधात्मक आक्रमण गरेको ट्रम्पको दाबी छ । उनले क्यापिटल लेटरमा लेख्दै इरानले कुनै निर्दोष राष्ट्रमाथि पुनः आक्रमण नगरेसम्म इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा फेरि आक्रमण नगर्ने बताएका छन् ।

इरानले कतारमाथि फेरि प्रहार गरेमा अमेरिकाले इरानको ग्यास क्षेत्रलाई इरानले कहिल्यै नदेखेको वा अनुभव नगरेको शक्ति र सामर्थ्यका साथ ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ९ : ४० बजे

मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

टोकियो– मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

नेपाली सेनाले मनायो कुकुर तिहार

काठमाडौं– यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको

यू-१९ एसिया कप : नेपालले यूएईलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्स

कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

तेहरान- स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल