तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै « Khabarhub

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।

उनले चालु आर्थिक वर्ष २०८२–८३ का लागि स्वीकृत ठूला योजनाको बोलपत्र भई सम्झौतासमेत गरेर काम धमाधम भइरहेको बताए । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता भई कतिपय योजनाको काम अन्तिम चरणमा पुगिसकेका छन् भने कतिपय योजनाको काम सम्पन्न भई मूल्याङ्कन गर्न मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।

हालसङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाभित्रका पाँचवटा सडकको ठेक्काबाट काम भइरहेको छ । गाउँपालिका–१ स्थित सेरीबजार रारा गाउँ हुँदै बासथाप्लासम्म सडक स्तरोन्नतिका लागि ४७ लाख नौ हजारको बोलपत्रबाट काम भइरहेको छ । वडा नम्बर ३ को कुडारी काटेपुलदेखी–लौरुसम्म ग्रामीण कृषि सडक निर्माणका लागि २३ लाख ३१ हजारमा गत असोज १० गते बोलपत्र आह्वान भई काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र साउदले जानकारी दिए ।

पालिकाको वडा नम्बर ६, ७, ८ र ९ को ग्रामीण कृषि सडक निर्माणअन्तर्गत राँसादेखी घोडेसुडी–मानेचौर राँसा हुँदै खोप्री कयरकोटसम्म सडक स्तरोन्नतिका लागि एक करोड ५९ लाख ७१ हजारमा ठेक्का आह्वान भई काम जारी छ ।

सोही वडाअन्तर्गत मानेचौरदेखि–राँसा हुँदै चयापाटनसम्म सडक स्तरोन्नति लागि ९७ लाख ३२ हजार र वडा नम्बर ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्म सडक स्तरोन्नति लागि ८९ लाख २९ हजार र गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन निर्माणका लागि एक करोड ३६ लाख ३१ हजारमा गत असोज १२ गते एकै प्याकेजमा ठेक्का आह्वान भएको इन्जिनियर साउदले जानकारी दिए ।

यसैगरी, चायापाटादेखि खोप्रीगाउँसम्म हरियाली सडक स्तरोन्नति, पातरसागुदेखि लाटिका थानसम्म सडक स्तरोन्नति, घोडेसिम हरियाली सडक निर्माण तथा स्तरोन्नति र सापुल्लीगाउँखोला व्यवस्थापना तटबन्धन योजना निर्माणको बोलपत्र भई काम भइरहेको गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्रविक्रम थापाको भनाइ छ ।

गाउँपालिका– ५ स्थित डुग्री गाउँमा रहेको भुवानी आवि विद्यालयको पक्की भवन निर्माण र दानिवाडा खानेपानी आयोजना निर्माणको कामको समेत ठेक्का भएको तिलागाउँपालिकाले जनाएको छ ।

योजना शाखाका प्रमुख थापाका अनुसार उपभोक्ता समितिबाट निर्माण हुने करिब १२५ वटा योजनामध्ये हालसम्म १५ वटा मात्र योजनाको सम्झौता भई काम अगाडि बढेको छ । बाँकी योजनाको सम्झौताको काम भइरहेको छ । यी सबै योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी काम भइरहेको थापाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ठेक्काबाट सञ्चालन भएका योजना र उपझोक्ताबाट काम सम्पन्न भएका योजनाको भुक्तानी प्रक्रियाको कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । तीन महिनाअघि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि अर्को प्रमुख प्रशासीय अधिकृत नआइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १० : ३७ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्