बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै « Khabarhub

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम स्तरोन्नति भइरहेका छन् ।

सडक डिभिजन कार्यालयअन्तर्गत दुई करोडदेखि २५ करोडसम्मका ११ सडक स्तरोन्नति भइरहेको जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।

२०७९ सालमा ठेक्का सम्झौता भएको गलकोट नगरपालिकाको हरिचौर–मल्म–पाण्डवखानी–रमुवा–भिमगिठे–निसीखोला सडक २५ करोड लागतमा कालोपत्रका लागि स्तरोन्नति अन्तिम चरणमा पुगेको हो । कार्यालयबाट सञ्चालित सबैभन्दा ठूलो योजनाको रुपमा रहेको उक्त सडकको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । अन्य १० सडक भने २०८१ यता मात्रै सम्झौता गरेका सडक हुन् ।

जिल्लाभर सडक डिभिजन कार्यालयमार्फत ४९ करोड ५४ लाखका ११ सडकको स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अन्य योजना २०८१ पछिको सम्झौता भए पनि हरिचौर–मल्म–पाण्डवखानी सडक कालोपत्रमा ढिलाइ भइरहेको छ ।

पाखुते–बायोखोला–झिम्पा–निसी सडकखण्डमा पहिरो पन्छाउने, सडक खन्ने तथा सडक स्तरोन्नतिको काम भइरहेको छ । एक करोड ५८ लाखको लागतमा एमएस इन्द्रेणी जावला जेभीसँग सम्झौता भएर काम भइरहेको छ । उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ ।

गलकोट नगरपालिका–१० स्थित रणसिंहकिटेनी दोभानदेखि रामुवा सडकखण्डमा एक करोड ३२ लाखमा एमएसकोण्डा सर्वसिद्धी जेभीसँग २०८२ मङ्सिरमा ठेक्का सम्झौता गरी धमाधम स्तरोन्नतिको काम सुरु गरिएको छ ।

अछेते–मुल्ठाना–सिम सडक स्तरोन्नतिका लागि दुई करोड ११ लाखमा ठेक्का सम्झौता गरी काम अघिबढेको छ । हालै सुरु गरिएको उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । फलेवास नगरपालिकाको दुल्लेबेँसी–अमरपुरी–दरौदी–सुन्तलाचौर सडक सुधारका लागि करिब दुई करोड ४३ लाखमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । उक्त सडकको प्रगति ६० प्रतिशत पुगेको छ । उक्त सडक २०८३ असारमा हस्तान्तरण भइसक्नुपर्ने हुन्छ ।

आदर्श प्रावि डाँडाथरदेखि स्यालपाखा हुँदै भैरवस्थान जोड्ने सडकमा समेत स्तरोन्नतिको काम भइरहेको छ । दुई करोड १७ लाख लागतमा उक्त सडकको काम ५४ प्रतिशत सम्पन्न भइसकेको हो । मङ्गलीखोला–धाम्जा–बेलढुङ्गा–म्याग्दी सडक दुई करोड २९ लाखमा ठेक्का २०८२ पुसमा सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

बाङ्गेचौर–उपल्लाचौर सडक सुधारका लागि रु छ करोड ७२ लाखमा २०८१ माघमा सम्झौता गरी स्तरोन्नति भएर कालोपत्रको चरणमा पुगेको छ । उक्त सडक कालोपत्र गर्न ग्राभेल गर्ने तयारी भइरहेको छ ।

बागलुङ नगरपालिका–३ रातमाटा–कोलको–घुम्ती–रिठाबोट–पाखाथर हुँदै कुँडुले जोड्ने सडकमा दुई करोड २५ लाखको लागतमा ५५ प्रतिशत सडक स्तरोन्नति, बागलुङको डोठेतालदेखि राम्तोला सम्मको सडक दुई चरणमा पाँच करोड ५० लाखमा स्तरोन्नति भइरहेको छ । (रासस)

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ११ : १६ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान