इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’ « Khabarhub

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

इरानले आणविक हतियार नबनाएको जासुसी प्रमुखकै रिपोर्ट


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धमा ठूलो सफलता मिलेको बताएाक थिए । तर इरानमाथि हमलाको १७ दिनपछि अवस्था फेरिएको छ। युद्धको कुनै स्पष्ट अन्त्यको उपाय देखिएको छैन।

इरानले अमेरिकी-इजरायली हमलाको जवाफमा होर्मुज स्ट्रेट हुँदै हुने तेल आपूर्ति बन्द गरिदिएको छ, जसले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ। अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी नाटो देशहरूसँग होर्मुज मार्ग खुलाउन आग्रह गरिरहेका छन्।

तर नाटो देशहरूले स्पष्ट रूपमा उनीहरूले होर्मुज स्ट्रेटमा आफ्ना युद्धपोत नपठाउने बताएका छन्। यो निर्णय त्यतिबेला आएको हो, जब ट्रम्पले यदि नाटो देशहरूले यो महत्वपूर्ण समुद्री मार्ग खुलाउन सहयोग नगरे नाटोको भविष्य नै कमजोर हुन सक्ने चेतावनी दिएका थिए ।

अमेरिकी अधिकारीकै दाबी : इरानले परमाणु कार्यक्रम फेरि सुरु गरेको छैन

अमेरिकी जासुसी एजेन्सीकी प्रमुख तुलसी गबार्डका अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम फेरि सुरु नगरेको बताएकी छन्। उनले गत वर्ष जुनमा भएका हमलापछि इरानको यो क्षमता लगभग समाप्त भएयता यो कार्यक्रम अघि नबढाएको बताइन् ।

यो कुरा राष्ट्रपति ट्रम्पको दाबीभन्दा फरक छ। ट्रम्पले भने लगातार इरानको परमाणु कार्यक्रम खतरा भएको भन्दै युद्ध आवश्यक रहेको बताएका थिए।

गबार्डले २०२५ मा अमेरिका र इजरायलका हमलापछि पनि इरानले आफ्नो परमाणु कार्यक्रम पुनः सुरु गर्ने प्रयास नगरेको बताइन् ।

यसैबीच, डेमोक्रेटिक नेता मार्क वार्नरले गबार्डले ट्रम्पको भनाइसँग नमिल्ने महत्वपूर्ण कुरा सार्वजनिक नगरेको बताएका छन्।

इरानले पहिलेदेखि नै आफू परमाणु हतियार बनाउने योजनामा नभएको दाबी गर्दै आएको छ। केही विशेषज्ञहरूले पनि हालका लागि इरानबाट तत्काल ठूलो खतरा नभएको बताइसकेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ११ : ५१ बजे

गृह प्रशासनलाई सुशासन र विकासको आधार बनाइने : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्र

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक