गगन थापाको राजीनामा प्रकरण ‘स्टन्ट र मिडिया ट्रायल’ जस्तो देखियो : सूर्य थापा « Khabarhub

गगन थापाको राजीनामा प्रकरण ‘स्टन्ट र मिडिया ट्रायल’ जस्तो देखियो : सूर्य थापा


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता सूर्यबहादुर थापा क्षत्रीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको राजीनामा प्रकरणप्रति कडा टिप्पणी गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएको भनिए पनि त्यसको औपचारिक पुष्टि नभएको बताएका छन्।

‘राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो भनेको पाइँदैन, औपचारिक पत्रसमेत सार्वजनिक छैन,’ उनले उल्लेख गरेका छन्।

थापा क्षत्रीले पार्टी प्रवक्ता, उपसभापति र सम्बन्धित पक्षहरू नै अन्योलमा देखिएको भन्दै यो प्रकरण ‘फगत स्टन्ट, फण्डा र मिडिया ट्रायल’ जस्तो मात्रै देखिएको टिप्पणी गरेका छन्।

उनले ७८ वर्ष लामो इतिहास बोकेको कांग्रेसमा यस्तो अभ्यास ‘बचकनापनको भद्दा मजाक’ भएको पनि बताएका छन्।

यदि राजीनामा वास्तविक हो भने सम्बन्धित पक्षहरूले आधिकारिक रूपमा पुष्टि गर्दै सार्वजनिक गर्ने साहस देखाउनुपर्ने उनको भनाइ छ।

यसका साथै उनले सभापतिको सचिवालय र कांग्रेस पार्टी संरचनामाथि पनि प्रश्न उठाउँदै सर्लाही–४ को चुनावी पराजयसँगै ती संरचनाहरू निष्क्रिय भएजस्तो देखिएको टिप्पणी गरेका छन्।

उनले राजीनामा दिने वा नदिने विषय व्यक्तिगत निर्णय भए पनि प्रस्तुत गरिएको शैली भने ‘मोही माग्ने ढुंग्रो लुकाउनेजस्तो’ भएको भन्दै नैतिकता, जवाफदेहिता र पारदर्शितासँगै आधिकारिकता अनिवार्य जोडिनुपर्ने बताएका छन्।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १२ : ०४ बजे

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने