गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा « Khabarhub

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भएको छ ।

गायक ढकालले काठमाडौंको दरबारमार्गस्थित एक फिल्म हलमा बुधबार गीत सार्वजनिक गरेका हुन् । भिडियोमा नायक विजय बराल र नायिका वर्षा राउत फिचर्ड छन् ।

यस गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ । आनन्द अधिकारीको शब्दमा उज्जव सागरले संगीत भरेका हुन् ।

कार्यक्रममा गायिका रिमालले गीतमा स्वर लिनका गायक तथा फिल्मका निर्माता ढकालले लामो सयम पर्खिएको किस्सा सुनाइन् ।

उनले भनिन्, ‘मलाई लामो समय पर्खेर मेरो आवाजमा गीत रेकर्ड गर्नुभएकोमा रामकृष्ण दाइलाई धन्यवाद। मलाई पर्खनुहुन्छ भन्ने विश्वास नै लागेको थिएन ।’

करिब एक महिना कुरेर ढकालले गीतमा स्वर लिएको उनले सुनाइन् ।

गायक ढकालले फिल्मको कथाबारे पनि बालेका थिए । उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकमा आधारित रहेर ‘मालती मंगले’ निर्माण भएको भन्ने आम बुझाइको खण्डन गरे ।

उनले फिल्मबारे स्पष्ट पार्न भने, ‘यो फिल्म राष्ट्रकविको नाटकमा आधारित होइन । हाम्रै वरपर रहेको तर त्यो दृष्टिकोणबाट नहेरिएको एउटा सामाजिक प्रेमकथा हो यो । कथा मात्र नभएर साङ्गीतिक प्रेमकथा पनि भन्न सकिन्छ यसलाई।’

आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा नायक, वर्षा र मेक्सम गौडेल शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  २ : ४० बजे

श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार, उपचार खर्च व्यहोर्ने सांसद कानुको घोषणा

वीरगञ्ज– यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे