ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक « Khabarhub

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले शाहीलाई नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।

दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित राप्रपाका एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।

उता राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकसँग पराजित हुन पुगे । राप्रपाका अन्य कुनै उम्मेदवारले प्रत्यक्षमा जित निकाल्न सकेनन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ४ : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको