ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक « Khabarhub

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले शाहीलाई नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।

दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित राप्रपाका एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।

उता राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकसँग पराजित हुन पुगे । राप्रपाका अन्य कुनै उम्मेदवारले प्रत्यक्षमा जित निकाल्न सकेनन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ४ : ३० बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को