नेप्से परिसूचक ६४ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक ६४ अंकले बढ्यो


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । आज बजार खुलेदेखि निरन्तर उकालो लागेको हो । 

आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ दशमलव ९८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मंगलबार १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएकामा आज २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा पुगेको हो ।

आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा बढी तीन दशमलव ९५ प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव १६, फाइनान्स एक दशमलव ९४, होटल तथा पर्यटन एक दशमलव ७५, हाइड्रोपावर दुई दशमलव ३०, लगानी एक दशमलव ७७, जीवन बिमा दुई दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, माइक्रोफाइनान्स एक दशमलव २४, निर्जीवन बिमा एक दशमलव ८०, अन्य एक दशमलव ९७ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले बढेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य पाँच दशमलव १२ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ५ : ०१ बजे

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा