भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह  « Khabarhub

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रतिकूल मौसमका कारण जनधनको क्षति हुन सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी आवश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरी चलेका बेला घरभित्र सुरक्षित बस्न तथा झ्यालढोका राम्रोसँग बन्द गर्न सुझाव दिइएको छ।

त्यसैगरी, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन चलाइरहेका भए सुरक्षित स्थानमा रोकेर बस्न र भिडभाड भएको स्थानमा नआत्तिई संयमित रूपमा सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरिएको छ।

प्राधिकरणले हावाहुरीको समयमा कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न विशेष आग्रह गरेको छ। साथै, बिजुलीको तार लत्रिएको अवस्थामा नछुन, विद्युतीय उपकरण प्रयोग नगर्न तथा जोखिमयुक्त स्थानबाट टाढा रहन पनि अनुरोध गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले सबैलाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन अपिल गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ५ : १५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको