काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा होटलबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने वस्तु ७३ किलोग्राम र गाँजा जस्तो देखिने वस्तु २ किलो ५ सय ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा होटलका संचालक काठमाडौं महानगरपालिका-१५ बस्ने मकवानपुर घर भएका २७ वर्षीय देवराज घिसिङ र मकवानपुर कैलाश गाउँपालिका-२ घर भएका ४३ वर्षीय अष्तमराज घिसिङ रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका-१४ ढोरपुर बस्ने ४२ वर्षीय हरिराम चमारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी हवल्दारपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले चमारलाई उनकै घर नजिकैबाट उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया