२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु « Khabarhub

२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहसिक खेल प्याराग्लाइडिङ खेलको २१ औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप पोखरामा शुरु भएको छ । 

च्याम्पियनसिपको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगीतामा सहभागी हुन आएका बिदेशी खेलाडीलाई ग्लाइडिङ हस्तान्तरण गरेर उद्घाटन गरे ।

प्रतियोगिताको उदघाटन मन्तब्य ब्यक्त गर्दै प्रमुख आचार्यले साहसिक खेल प्याराग्लाइडिङ लाई संसारका धेरै खेलाडी हरुले रुचाएको र यो खेल मनोरञ्जनका लागी मात्रै नभई स्वास्थय र आर्थिक टेवा समेत पुग्ने खेल भएको बताए । 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्ण कारण  पोखराको आकासमा लामो समय सम्म बन्द रहेको प्याराग्लाईडिङ्ग खेलका लागी पछिल्लो समय खुल्ला गरिएपछि अन्तराष्ट्रिय प्रतियोगीता शुरु भएको आयोजक संस्था नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।

तिनदिन सम्म सञ्चालन हुने प्रतियोगीतामा फ्रान्स र जर्मन ,चीन , भारत र नेपालका गरी ६३ जना खेलाडी हरुको सहभागीता मध्ये १० जना महिला खेलाडी रहेका छन् ।

प्रतियोगीतामा पुरुष तर्फ पहिलो , दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार , १ लाख र ५० हजार नगद सहित  मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने महिला तर्फ क्रमशः ७५ हजार ५० हजार र २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : ५० बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका