२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु « Khabarhub

२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहसिक खेल प्याराग्लाइडिङ खेलको २१ औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप पोखरामा शुरु भएको छ । 

च्याम्पियनसिपको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगीतामा सहभागी हुन आएका बिदेशी खेलाडीलाई ग्लाइडिङ हस्तान्तरण गरेर उद्घाटन गरे ।

प्रतियोगिताको उदघाटन मन्तब्य ब्यक्त गर्दै प्रमुख आचार्यले साहसिक खेल प्याराग्लाइडिङ लाई संसारका धेरै खेलाडी हरुले रुचाएको र यो खेल मनोरञ्जनका लागी मात्रै नभई स्वास्थय र आर्थिक टेवा समेत पुग्ने खेल भएको बताए । 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्ण कारण  पोखराको आकासमा लामो समय सम्म बन्द रहेको प्याराग्लाईडिङ्ग खेलका लागी पछिल्लो समय खुल्ला गरिएपछि अन्तराष्ट्रिय प्रतियोगीता शुरु भएको आयोजक संस्था नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।

तिनदिन सम्म सञ्चालन हुने प्रतियोगीतामा फ्रान्स र जर्मन ,चीन , भारत र नेपालका गरी ६३ जना खेलाडी हरुको सहभागीता मध्ये १० जना महिला खेलाडी रहेका छन् ।

प्रतियोगीतामा पुरुष तर्फ पहिलो , दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार , १ लाख र ५० हजार नगद सहित  मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने महिला तर्फ क्रमशः ७५ हजार ५० हजार र २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ६ : ५० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली