आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने « Khabarhub

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सवारीसाधनमा लगाइएको कर बन्द गर्न दिएको निर्देशनप्रति जिल्लाका १३ वटै स्थानीय तहले आपत्ति जनाएका छन्।

नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना नेतृत्वमा बसेको नगरप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूको संयुक्त बैठकले उक्त निर्देशनलाई स्थानीय तहको संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको ठहर गरेको छ । बैठकले आशिकाविरुद्ध प्रतिवादमा उत्रिने चेतावनी पनि दिएको छ।

बैठकले संविधानको धारा २३३(१) अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुनुपर्ने व्यवस्थालाई सम्झाएको छ ।

संविधानको अनुसूची–८ ले सुनिश्चित गरेको स्थानीय तहको एकल अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउनुपर्ने भन्दै उनीहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त विज्ञप्तिमा सांसद तामाङले संविधान तथा प्रचलित कानुनविपरीत निर्देशन दिएको र जिल्ला प्रशासन कार्यालयमार्फत पठाइएको पत्रले स्थानीय सरकारको अधिकार कुण्ठित गर्ने प्रयास गरेको भनिएको छ । संघीयताको मर्मविपरीत प्रशासनमार्फत अंकुश लगाउन खोजिएको भन्दै जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन्।

यसअघि सांसद तामाङले ढुवानीका लागि बाटो प्रयोग गरेको आधारमा कर लिनु अनुचित भएको भन्दै मलेखुदेखि ताल्तीसम्म चल्ने सवारीसाधनबाट शुल्क नलिन निर्देशन दिएकी थिइन्।

त्यसका साथै कसैले कर उठाएको पाइए कारबाही गरिने चेतावनीसमेत उनले दिएकी थिइन् ।

धादिङका जनप्रतिनिधिले तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व सुदृढ बनाउँदै अघि बढ्न आग्रह गरेका छन् । उनीहरूले स्थानीय सरकारको स्वायत्ततामाथि हस्तक्षेप नगर्न पनि चेतावनी दिएका छन्।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : १६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको