सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता « Khabarhub

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक तयारी र छलफल थालेका छन् ।

निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर फागुन २१ को चुनावको प्रतिवेदनसमेत राष्ट्रपतिकहाँ बुझाएपछि रास्वपाले आगामी चैत १४ गते गठन गर्ने गरी नयाँ सरकारको तयारी थालेको हो ।

नयाँ सरकारका लागि आन्तरिक तयारी थालिएको जानकारी बिहीबार साँझ रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले दिएका छन् ।

संसद् सचिवालयले आगामी चैत १२ गते सबै सांसदको शपथ खुवाउने कार्यक्रम राखेको छ । त्यसको दुई दिनपछि अर्थात् चैत १४ गते रास्वपा वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्रीमा नियुक्ति लिने तयारी गरेका छन् ।

त्यसअघि रास्वपाले आफ्नो विधान संशोधन गरेर बालेन्द्रलाई दलको नेता बनाउनुपर्नेछ । दलको नेता चयनका लागि विधान संशोधन गर्न यही शनिबार रास्वपाको बैठक बस्ने तयारी छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ७ : ०४ बजे

नेपाल–चीन कूटनीतिक सम्बन्धबारे पुस्तक प्रकाशित

काठमाडौं – नेपाल र चीन सम्बन्ध समेटिएको ‘सेभेन्टी इयर्स अफ

अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

तेहरान – इरानले बुधबार सप्ताहन्तमा असफल वार्ता भएपछि पाकिस्तान हुँदै

सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

०६२-०६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन हुन्छ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित