निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख « Khabarhub

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले माग गरिएको बजेटको करिव आधा मात्रै खर्च गरेर अर्बौं रुपैयाँ जोगाउन सफल भएको छ । निर्वाचन आयोगले यसपटकको निर्वाचन व्यवस्थापनमा वित्तीय अनुशासनको उत्कृष्ट नमूना प्रश्तुत गरेको हो ।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सरकारसँग कुल ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको बताए । अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोढड ६६ लाख ९० हजार रुपैयाँको श्रोत सहमति भएको बताए।

तर, अन्तिम खर्च विवरणअनुसार केवल ३ अर्ब ५४ करोड २८ लाख ७ सय ९६ रुपैयाँ मात्रै खर्च भएको उनको भनाइ छ । यसले राज्यको ढुकुटीबाट ३ अर्ब ३२ करोड भन्दा बढी रकम वचत भएको छ । आयोगले ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गर्ने नीति लिएको थियो ।

यसले ढुवानी खर्च र केन्द्रमा हुने अनावश्यक खरिद प्रक्रियालाई घटाएको उनले बताए। आयोगले सरकारी स्वामित्वका संस्थाहरूसँग समन्वय गरी सामग्री खरिद र ढुवानीमा विशेष सहुलियत प्राप्त गरेको थियो । १३ प्रकारका जटिल सामग्री मात्रै केन्द्रबाट खरिद गरिएको बताए।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १० : १३ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको