निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख « Khabarhub

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले माग गरिएको बजेटको करिव आधा मात्रै खर्च गरेर अर्बौं रुपैयाँ जोगाउन सफल भएको छ । निर्वाचन आयोगले यसपटकको निर्वाचन व्यवस्थापनमा वित्तीय अनुशासनको उत्कृष्ट नमूना प्रश्तुत गरेको हो ।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सरकारसँग कुल ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको बताए । अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोढड ६६ लाख ९० हजार रुपैयाँको श्रोत सहमति भएको बताए।

तर, अन्तिम खर्च विवरणअनुसार केवल ३ अर्ब ५४ करोड २८ लाख ७ सय ९६ रुपैयाँ मात्रै खर्च भएको उनको भनाइ छ । यसले राज्यको ढुकुटीबाट ३ अर्ब ३२ करोड भन्दा बढी रकम वचत भएको छ । आयोगले ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गर्ने नीति लिएको थियो ।

यसले ढुवानी खर्च र केन्द्रमा हुने अनावश्यक खरिद प्रक्रियालाई घटाएको उनले बताए। आयोगले सरकारी स्वामित्वका संस्थाहरूसँग समन्वय गरी सामग्री खरिद र ढुवानीमा विशेष सहुलियत प्राप्त गरेको थियो । १३ प्रकारका जटिल सामग्री मात्रै केन्द्रबाट खरिद गरिएको बताए।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १० : १३ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार